२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ बाबा रामदेवले चन्द्रागिरीको डाँडामा बसेर योग प्रशिक्षण दिने

बाबा रामदेवले चन्द्रागिरीको डाँडामा बसेर योग प्रशिक्षण दिने

काठमाण्डौ।
भारतका योगगुरु बाबा रामदेवले काठमाडौंको चन्दागिरी डाँडामा बसेर योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन्। पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ वातावरणमा योग ध्यान तथा योग प्रशिक्षण दिन लागेका हुन्।

रामदेवले शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ वातावरणमा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थित मानिसलाई योग सिकाउने कार्यक्रम तय गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ।

धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरी नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो। बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्ने कार्यक्रम छ । सोही बखत उनले चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन्।

बिहीबार नेपाल आएलगत्तै रामदेवले नेपाल विश्वको श्रेष्ठतम आध्यात्मिक देश भन्दै प्रशंसा गरेका थिए। उनले नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको बताएका थिए।

‘नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य हो,’ रामदेवले भने, ‘नेपालमा ७० हजार योगगुरु छन्।’ शनिबार नै उनले पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्ने कार्यक्रम छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार