२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ यी राशिका युवती मानिन्छन् लक्ष्मीका स्वरुप, आगमनसँगै हुन्छ घर स्वर्ग समान

यी राशिका युवती मानिन्छन् लक्ष्मीका स्वरुप, आगमनसँगै हुन्छ घर स्वर्ग समान

ज्योतिष शास्त्रमा हरेक व्यक्तिको भविष्य कस्तो रहने बारे अड्कल लगाउने गरिन्छ । फरक फरक राशिको आचरण, भाग्य र व्यवहार फरक हुने गर्छ । हुन त स्त्रीलाई लक्ष्मीको स्वरुप मानिन्छ । तर पनि केही राशि छन् ती राशिमाथि झन् बढी लक्ष्मी माताको कृपा रहने गर्छ । अझ भन्नु पर्दा ती राशिका व्यक्ति लक्ष्मीका अति प्रिय हुने गर्छन् ।

आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ?

वृष राशी : वृष राशीको स्वामी शुक्र हो जसका कारण वृष राशिका मानिसहरु शुक्र ग्रह बाट प्रभावित हुन्छन् । शुक्र ग्रहलाई धन, मानोरंजन र विलासिता को कारक को रुपमा मानिन्छ । यसका कारण वृष राशीका मानिसहरु धनवान र खर्चालु स्वभाबका हुन्छन् । यी राशिका प्राय मानिसहरुको भाग्यमा भरपुर मात्रामा अवसर मिलेको हुन्छ जसले गर्दा जीवन सुखमय बित्ने गर्छ । यी मानिसहरु कुनै पनि समयमा धनको कारणले कुनै समस्यामा पर्दैनन् ।

कर्कट राशी : कर्कट राशिका मान्छेहरु लक्जरी वस्तुहरु प्राप्त गर्ने इच्छा गर्छन् । यी मानिसहरु पुरै जिन्दगी बिलासितामा बिताउने शोख राखछन् जुन उनीहरुको भाग्यमा लेखियको हुन्छ र पुरा गर्न समेत सक्षम हुनेछन् । उनीहरु कडा परिश्रम गर्न समेत पछि पर्दैनन् त्यसैले उनीहरु प्रशस्त धन आर्जन गर्न सक्छन् । यस राशिका मान्छेहरूको भाग्य सधैं उनीहरुसँग हुन्छ, जसको कारण उनीहरु धनी बन्न सक्छन् ।

सिंह राशी : यस राशिका मान्छेहरु आफ्नो नेतृत्व विकासका सबन्धमा क्षमतवान हुन्छन् । यिनीहरुमा कुनैपनि संघ संगठन वा राजनीतिक दलको नेतृत्व गर्न सक्ने क्षमता रहेको हुन्छ । यी राशिका मानिसहरुमा अन्य १०० जनाले गर्ने कामको एक्लै सिद्ध गर्न सक्ने क्षमता रहेको हुन्छ । यिनीहरु कहिले पनि धनको पछाडी दौड्दैनन् तर उनीहरुको लक्जरी अवश्यकता पुरा गर्नका लागि मेहेनतका साथै कडा परिश्रम गर्ने गर्छन् ।

वृश्चिक राशी : यो राशिका मानिसहरु धेरै विशेष हुने गर्दछन् । यिनीहरु भौतक चिजका बढी सौखिन हुने गर्छन् । यदि प्रकृतिमा उनिहरुले मन पराएका कुनै चिज देखे भने त्यसको प्राप्तिको लागि कुनै कसर बाँकी राख्दैनन् । यसको लागि उनीहरु धेरै मेहेनत गर्ने गर्छन् । धन आर्जनका लागि उनीहरु जस्तोसुकै काममा पसिना बगाई कडा परिश्रम गर्न तयार हुन्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार