२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ बिमा समितिको निर्देशन ७ दिनभित्र कोरोना बिमाको दावी रकम भुक्तानी गर्नुपर्ने

बिमा समितिको निर्देशन ७ दिनभित्र कोरोना बिमाको दावी रकम भुक्तानी गर्नुपर्ने

बिमा समितिले कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना निको भइसक्दा पनि बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपछि समितिले यस्तो निर्देशन दिएको हो । मंगलबार अर्थमन्त्रीको संयोजकत्वमा बसेको बैठकले समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ । यस्तै कोरोना बिमाका विषयमा अर्थमन्त्रालयमा छलफल समेत भएको थियो ।

अर्थमन्त्री विष्णु पौडेलले जतिसक्दो चाडो भुक्तानी हुने व्यवस्था मिलाउन बिमा समितिका अध्यक्षलाई निर्देशन दिएका छन् । यस्तै सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधान गर्न हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बिमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ । बैठकमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङाना, राजश्व सचिव रामशरण पुडासैनी, बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

@tilottamacitynews

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार