२०८३ साउन २९ गते शुक्रवार | August 14, 2026

गृहपृष्ठ भिभो ब्रान्डको नयाँ मोबाईल किन्ने ग्राहकको लहान बजारमा घुईचो

भिभो ब्रान्डको नयाँ मोबाईल किन्ने ग्राहकको लहान बजारमा घुईचो

जिल्लामा नयाँ ब्रान्ड मोबाइल लन्च भएको अवसरमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताले केक काटेर लन्च भएको नयाँ मोबाइलको शुभारम्भ गरेको थियो । १७ हजार ९ सय ९९ सय पर्ने मोवाईलको अग्रिम बुकिङ्ग गरेमा ग्राहकवर्गका लागी कम्पनीले प्रती मोबाइलमा एक हजार रुपैया छुटको अफर ल्याएको छ । अग्रिम बुकिङ्गको लागी कम्पनीले २०७७ माघ २७ देखि फाल्गुन १ गते सम्मको समय सिमा निर्धारण गरिएको भिभो मोवाईलका पुर्वाञ्चल सेल्स म्यानेजर निमेष घिमिरेले जानकारी दिनुभयो ।

 

निर्धारित समय अबधी भित्र मोबाईल किन्ने ग्राहकका लागी कम्पनीले बिषेश सुबिधा पनी ल्याईएको छ । लक्की ड्र मार्फत तिन जनालाईका लागी फोन , एक सय जनाका लागी २५ सय रुपौया र किनेको एक महिना भित्र मोवाईलको स्क्रीन बिग्रेमा पाँच सय जनाको लागि स्क्रीन रिस्पलेटमेन्टको अफर ल्याएको छ । नेपालको लागी आधिकृत बिक्रेता सेनुसिटी ईन्टरनेशनल प्राईभेट लिमिटेड छ भने सिरहा जिल्लाका लागी सु्निल सप्लायर्स रहेको छ । २०११ मा चाईनाबाट देश बाहिर सेल्स गरेको बिबिके कम्पनीको भिभो ब्रान्डको मोवाईल देश बाहिर पनि निकै नै राम्रो चर्चा पाएका छन् । २०२१ मा भिभो ब्रान्डले नेपालमा – २ नम्बरमा ल्याउने तयारी गरिरहेको छ । सिरहामा आज एकै दिनमा १ सय १ मोबाईल बुकिङ्ग भएको म्यानेजर घिमिरेले बताए । सन् २०२० मा नेपालको तिन नम्बर स्थान ल्याउन सफल भिभो ब्रान्डको नयाँ मोबाईल बजारमा आएको छ । पाँच हजार एमएएचको ब्याट्री , तिन जिबि रयाम र ३२ जिवि ईन्टरनल मेमोरी भएको Y12s मोडेलको नायाँ मोवाईल बजारमा आएको हो । सिरहाको लहानमा सोमवार गरिएको एक कार्यक्रममा सो मोडेलको मोवाईल सार्वजनिक गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार