२०८३ असार २४ गते बुधवार | July 08, 2026

गृहपृष्ठ शेयर बजारमा भारी अंकको गिरावट

शेयर बजारमा भारी अंकको गिरावट

साताको अन्तिम दिन आज (बिहीबार) पनि शेयर बजारले ओरालो यात्रा तय गरेको छ । बिहीबार शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१३ मा पुगेको छ । नेप्से १.७३ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.८१ मा पुगेको छ ।

कूल २०६ वटा कम्पनीको एक करोड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४ सय १४ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर राताम्मै देखिएको छ ।

घटेको सेयर बजारमा आज चन्द्रागिरि हिल्स लिमिटेड, नेशनल हाइड्रो  पावर कम्पनी, सिटिजन म्युचुअल फण्ड, सानिमा लार्ज क्याप फण्ड, एभरेष्ट बैंक लिमिटेड संस्थापक सेयर, मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, ओरियन्टल होटल लिमिटेड, पञ्चकन्या माई हाइड्रो  पावर, नबिल ब्यालेन्स फण्ड दुई, एसविएल ऋणपत्र २०८२  का लगानीकर्ताले सबैभन्दा नाफा कमाएका छन् । @लगानी खबर

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार