गृहपृष्ठ आईपीओ लगानीकर्तालाई एकदमै खुशीको खबर : रिभर फल्स पावरले आईपीओ निष्कासन गर्दै
आईपीओ लगानीकर्तालाई एकदमै खुशीको खबर : रिभर फल्स पावरले आईपीओ निष्कासन गर्दै
रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ। नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज मंगलबार रिभर फल्स पावरका तर्फबाट मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चाालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
रिभर फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०।३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ।





