२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ हेर्नुहोस अब यी ९ कम्पनीको २ अर्ब ९४ करोड बराबरको आईपीओ छिट्टै निस्कासन हुदै

हेर्नुहोस अब यी ९ कम्पनीको २ अर्ब ९४ करोड बराबरको आईपीओ छिट्टै निस्कासन हुदै

पछिल्लो समय सेयर बजारमा छुट्टै उत्साह देखिन थालेको छ । लगानीकर्ताहरू सेयर बजारमा लगानी गर्न आकर्षित हुन थालेसँगै सेयर बजारमा नयाँ उत्साह देखिन थालेको हो । सेयर बजारमा लगानी गर्न नयाँ लगानीकर्ताहरूको संख्या पनि थपिँदै गैरहेको छ । आइपिओमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् । जुन कुरा यसअघि खुल्ला भएको केहि कम्पनीको आइपिओमा परेका आवेदनले देखाउँछ । पछिल्लो समयमा आइपिओमा गरेभन्दा दोब्बरबढी आवेदन पर्ने गरेको छ । जसले गर्दा भाग्यमानीको हातमा मात्र आइपिओ पर्ने गरेको छ ।

 

तपाई पनि यसअघि खुल्ला गरिएको विभिन्न कम्पनीको आइपिओ नपरेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने यी हाइड्रोपावरको आईपीओ तपाईको भागमा पर्न पनि सक्छ । विभिन्न ९ वटा कम्पनीले छिट्टै नै साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछन् । बजारमा ९ कम्पनीका २ अर्ब ९४ करोड ९ लाख ७४ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ९ हजार ७ सय ४० कित्ता आईपीओ आउँदै छ । जुन नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेका छन् ।

 

आईपीओ निष्कासन गर्न लागेका ९ वटा कम्पनी यस प्रकारका छन :

अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेड
अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि चैत्र १६ गते, सोमबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको उक्त साधारण सेयर ९आईपीओ० सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।

 

साहस उर्जा कम्पनी लिमिटेड
साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

 

सामलिंङ्ग पावर कम्पनी लिमिटेड
सामलिंङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रुपैयाँ बराबरको लाख १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिंङ लिमिटेडले गर्नेछ ।

 

बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेड
बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

 

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १४ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको एनएमबि क्यापिटलले गर्नेछ ।

 

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको एनएमबि क्यापिटलले गर्नेछ ।

 

सयपत्री हाइड्रोपावर लिमिटेड
सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

 

बलेफी हाइड्रोपावर लिमिटेड
बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

 

ग्रीन भेन्चर लिमिटेड
ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार