२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ सिंगटी हाइड्राेकाे काराेबार खुल्ने मिति सार्बजनिक

सिंगटी हाइड्राेकाे काराेबार खुल्ने मिति सार्बजनिक

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) यसै साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचिकृत हुने भएको छ । कम्पनीले यसै साताभित्र सेयर सूचिकरण गर्ने तयारी गरिरहेको सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडका वित्त प्रबन्धक सुदिप खड्काले जानकारी दिएका छन् ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । सेबोनमा प्रकाशन भएको विवरण पत्र अनुसार सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६ र ७७ को प्रतिसेयर नेटवर्थ १०० रूपैयाँ रहेको छ । सोही नेटवर्थको ३ गुणा ३०० रुपैयाँ हुन्छ ।

कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो । कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियो । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदको आवेदन रद्द भएको थियो र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए भने बाँकी १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार