२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ लगानीकर्ताको लागि खुशीको खबर !! राप्ति हाइड्रोले आईपीओ निष्काशन गर्दै

लगानीकर्ताको लागि खुशीको खबर !! राप्ति हाइड्रोले आईपीओ निष्काशन गर्दै

राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा जेठ ११ गते मंगलबार कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौं जुममार्फत बिहान ९ बजे सुरु हुनेछ । सभामा सर्वसाधरणको लागि सेयर निष्काशन (आईपीओ) गर्ने तथा सो निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गरिनेछ ।

त्यसैगरी, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात , नाफानोक्सान हिसाब, तथा सोहि अवधिको नगदप्रवाह विवरणमाथि छलफल अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

कम्पनीले साधरण सभा प्रयोजनको लागि वैशाख २८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले वैशाख २७ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार