गृहपृष्ठ सन्धिखर्क नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक
सन्धिखर्क नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक
हलिम खाँन,अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिकाले असार ९ गते नगर सभाबाट पारित आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको हो । कोभिड महामारिका बिच नगरसभाको दिनमा सबैलाइ उपस्थित गराउन असम्भब भएकाले सन्धिखर्क नगरपालिकाको अर्को दिन सार्बजनिक गर्ने परम्परा अनुरुप आज १० गते सार्बजनिक गरिएको नगरपालिकाले जनाएको हो ।
सन्धिखर्क नगरपालिकाले पारित गरेका नीति तथा कार्यक्रमहरुमा कृषि , स्वास्थ शिक्षा , पर्यटन पुर्वाधार , जस्ता योजनाहरु समेटिएका छन । एक वडा , एक पकेट कृषि बाली विकास कार्यक्रम, एक वडा,एक कृषि प्राविधिक, कृषि उत्पादन भन्डारणको ब्यबस्था , उचित बजारमुल्य , नगरभित्र रहेका धार्मिक साँस्कृतिक पर्यटकीय स्थलहरुलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ तर्फ कोभिड खोप खरिदको लागि बजेट बिनियोजन गर्दै स्वास्थकर्मी तथा नागरिकलाइ पहिलेका दिनमा दिई आएका सुबिधाहरु निरन्तर गर्ने जनाइएको छ । कोभिडका कारणले अभिभावक गुभाएका सामुदायिक विद्यालयका लागि छात्रवृत्ति प्रदान गर्ने,सामुदायिक विद्यालयमा तथा प्राविधिक शिक्षामा अध्ययनरत दलित बिपन्न विद्यार्थीको लागि २५ प्रतिशत छात्रवृत्ति दिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सडक सुधार , पुल , झोलुङ्गे पुल तर्फ संघिय र प्रदेश सरकार संग समन्वय गर्ने ,पनि बताइएको छ । खेलकुदको बिकासका लागि बार्दी खेलमैदान ,र अर्घा खेल मैदान उचित बिकास गर्दै खेल र खेलाडिहरुलाइ प्रोत्साहन गरिने कार्यक्रममा उल्लेख छ । नगरप्रमुख द्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नगर प्रमुख खुत्रुके बचत योजना , उपप्रमुख संचार प्रबर्द्धन योजना , डिजिटल कारोबार ब्यबस्था जस्ता महत्वाकांक्षी योजनाहरु समाबेश गरिएको छ ।






