गृहपृष्ठ मनकामना स्मार्ट लघुवित्तको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस…
मनकामना स्मार्ट लघुवित्तको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस…
लघुवित्तले असार १७ गते देखि २१ गतेसम्म बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।
यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट भएको छ ।
निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाएका छन् ।जसमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०।५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण भएको छ ।
कसरि हेर्ने नतिजा
बाँडफाँट सम्पन्न भएपनि नतिजा आउँ भने केहि समय लाग्ने छ। आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।





