२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ घट्यो सुनको मुल्य हेर्नुहोस् तोलाको कति पुग्यो

घट्यो सुनको मुल्य हेर्नुहोस् तोलाको कति पुग्यो

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सय रूपैयाँले घटेर ९४ हजार ४ सयमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाला सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहेको छ।

शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर १२७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो पनि पढ्नुहोस :

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले काठमाडौँ महानगरपालिका(३१ जागृति टोलस्थित सुकुम्वासी बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुकुम्वासी परिवारलाई लक्षित गरेर केएमसीले स्थानीय एसुरेन चर्चको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा सो बस्तीका ७९४ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १९७ जना बिरामीको रक्त परीक्षण, १७५ जनाको भिडियो एक्स(रे र १६४ जनाको इसीजी गरिएको छ ।

डा।सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर निःशुल्क शिविर सञ्चालन गर्ने गरिएको केएमसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार