२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ एनआईसीद्वारा दुर्घटना बीमा वापत १० लाख रुपैयाँ हस्तान्तरण

एनआईसीद्वारा दुर्घटना बीमा वापत १० लाख रुपैयाँ हस्तान्तरण

बुटवल, १४ मंसिर । एनआईसी एशिया बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालयले दुर्घटना बीमा बापतको १० लाख रकम मंगलबार नवलपरासीकी मिना अर्याललाई हस्तान्तरण गरेको छ ।

न्यु सुपर चमत्कारिक बचत खाता अन्तर्गत चौराहा हस्पिटल बुटवलमा शुन्य मौजदातमा कर्मचारी तलव बचत खाता खोलेका रवि गौतमको दुर्घटनामा निधन भएपछि बीमा बापतको रकम उनकी श्रीमती रामग्राम–३ नवलपरासी निबासी मिनालाई हस्तान्तरण गरिएको हो । एनआईसी एशिया बैंक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले बीमा बापतको १० लाख रुपैयाँको चेक एक समारोहका बीच प्रदान गरेका हुन् । चेक हस्तान्तरण गर्दै कार्कीले आम सर्वसाधारणले आर्थिक भार वहन गर्न सघाउ पुर्याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै दुर्घटना बीमा लगायत विभिन्न घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको बताए ।

चौराहा हस्पिटलमा एचआर विभागको प्रमुखको रुपमा कार्यरत गौतमको एक वर्षअघि रुपन्देहीमै स्कुटर दुर्घटनामा परी निधन भएको थियो । चौराहा हस्पिटलले आफ्ना कर्मचारीहरुको तलव बचत खाता एनआईसी एशिया बैंकमा खोलेको छ । कार्यक्रममा हस्पिटलका अध्यक्ष सुदन ज्ञवालीले
दु:खमा एनआईसीले दिएको साथले आर्थिक व्यवहारलाई कम गर्न सहयोग पुग्ने बताउँदै बैंकको यो योजना अत्यन्तै उत्कृष्ट रहेको बताए ।

बैंकले औषधी उपचार बीमा अन्तर्गत महेश्वर लम्साललाई एक लाख १५ हजार ५२० र श्यामकला पंगेनीलाई ४६ हजार ५५० रुपैयाँ पनि प्रदान गरेको छ । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत बैंकले ग्राहकलाई सेवा दिंदै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार