२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ नेप्से ७१ दशमलव २० अंकले बढ्याे

नेप्से ७१ दशमलव २० अंकले बढ्याे

काठमाडौं, ११ पुस। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१ दशमलव २० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज कोरोबार रकममा पनि बढेको छ । दुई सय ३१ कम्पनीको पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ३२ करोड सात लाखभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज २९ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसअन्तर्गत १५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेका छन् ।

यस्तैगरी, आज सबैभन्दा बढी गिरावट आउनेमा गोर्खाज फाइनान्स रहेको छ । आज फाइनान्सको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार