२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ १० अंकले घट्यो नेप्से परिसूचक

१० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं,४ माघ। शेयर बजारमा १० अंकको करेक्सन देखिएको छ । केही दिन यता लगातार जसो बढिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने १० अंकले घटेको हो । नेप्से परिसूचक ०।३७ प्रतितशले घटेर २ हजार ९ सय ३६ दशमलव ६६ अंकमा झरेको छ ।

मंगलबार बजार खुलाभएसँगै झिनो अंकले बढेको बजार दिनभरको उतारचढाव पछि अन्तिममा घटेर बन्द भएको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै देखिएको छ । दिनभर १ करोड ६० लाख कित्ता भन्दा धेरै शेयर कारोबार हुँदा कारोबार रकम ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ नाघेको छ ।

बजार घटे पनि केही कम्पनीहरुको शेयर मूल्य भने राम्रै बढेको छ । सबैभन्दा बढी शेयर मूल्य बढ्नेमा सामलिङ पावर कम्पनी देखिएको छ । यसको ९।४९ प्रतिशतले बढेर शेयर मूल्यमा ६४९ दशमलव ३० रुपैयाँमा पुगेको छ । यसैगरी मध्यभोटेकोशी हाइड्रोपावर, बुद्धभूमी हाइड्रोपावर, प्रभु बैंक, बरुण हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य राम्रो बढेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार