गृहपृष्ठ डेढ करोड बढी लगानीमा रुपन्देहीको तिलोत्तमामा बैशाख १ गतेबाट डाली रेस्टुरेन्ट संचालनमा आउदै
डेढ करोड बढी लगानीमा रुपन्देहीको तिलोत्तमामा बैशाख १ गतेबाट डाली रेस्टुरेन्ट संचालनमा आउदै
बुटवल । करिब डेढ करोड लगानीमा रुपन्देही तिलोत्तमा-१, मा यहि २०७९ बैशाख १ गतेबाट सुविधा सम्पन्न डाली रेस्टुरेन्ट संचालनमा आउने भएको छ । यतिबेला नेपाल मात्र नभई विश्व कोरोना महामारीले गुज्रीरहेका ती कहालीलाग्दा दिनहरुबाट मुक्त हुने परिस्थीतीतर्फ उन्मुख भएको छ । अर्थतन्त्रको मेरुदण्डकै रुपमा रहेको पर्यटन व्यवसाय केहि सामान्य रुपमा चलायमान हुन थालेको छ भने बन्द रहेका होटल रेष्टुरेण्ट धमाधम खुलिरहेका छन् । पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि तिब्र गतिमा लाग्दा लुम्बिनी प्रदेशमा साना ठुला नयाँ रेष्टुरेण्ट होटल शुभारम्भको लहर नै चलिरहेको देखिन्छ ।
यसको प्रमुख कारण यस क्षेत्रमा विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायतका विभिन्न पर्यटकीय स्थल लुम्बिनी प्रदेशमा रहेका हुनाले यहाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन पश्चात पर्यटकको आगमन अझ बाक्लो हुने कारण पनि अहिले यहाँ दिन प्रतिदिन होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम तिब्र भएको व्यवसायी कृष्ण घिमिरेले बताउनुभयो ।
हिजो आज पार्टी विवाह, वर्तवन्ध, जन्मदिन, पास्नी (भात खुलाई), विवाह वर्षगाठ लगायतका थुप्रै कार्यक्रम घरमा गर्नुभन्दा पार्टी प्यालेसमा गर्दा सहज हुने हुनाले अहिले होटल रेष्टुरेण्ट पार्टी प्यालेस बुकिंग गर्दै उत्सव मनाउँनेहरुको संख्या पछिल्लो समय बढ्दो छ । रोजगारी वा अन्य सिलसिलामा शहर बस्नेहरु शहरको कोलाहलबाट बाहिर शान्त मनोरम वातवरणमा लन्च, डिनर लिन चाहनेको संख्या पनि पछिल्ला दिनहरुमा ह्वात्तै बढ्दो छ । उक्त मागहरुलाई सम्बोधन गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायी त्यही अनुरुपको वातावरणलाई ध्यान दिँदै व्यवसायलाई नयाँपनको खोजिमा रहेका छन् । त्यसैले ग्राहकको मागलाई मध्यनजर गर्दै व्यवसायी घिमिरे रुपन्देहीको तिलोत्तमा-१, बनवाटिका देखि करिब ५०० मिटर पूर्व डाली रेष्टुरेण्टको २०७९ बैशाख १ गतेबाट शुभारम्भ गर्ने तयारीमा छन् । भारत तथा जापानका विभिन्न ठाउँहरुमा लगभग १७ वर्षको रेष्टुरेण्ट व्यवसायको अनुभव संगालेका घिमिरे नेपालमा पनि आफ्नो अनुभवलाई लगानी गर्न लागि परेका छन् ।
घिमिरेका जापानमा ४ वटा रेष्टुरेण्ट संचालनमा रहेका छन् । जापानमा संचालित रेष्टुरेण्टमा नेपाली, जापनीज, चाइनीज, इटालीइन, कोरियन, ब्राजिलीयन, स्पेनिस लगायतका अन्य विभिन्न परिकारहरु उपलब्ध छन् । नेपालमा भने यो उनको पहिलो व्यवसाय भएको घिमिरे बताउँछन् । झण्डै १५ वर्ष जापानमा काम गरे । भारत तथा जापानका विभिन्न ठाउँहरुमा काम गरे । अब नेपालमा पनि आफ्नो अनुभवलाई शेयर गरौं । नेपालमा पनि केहीको संख्यामा भएपनि रोजगारी दिलाउ । विदेशको अनुभवले आफ्नै देशमा राम्रो सिस्टममा चलाउने चल्ने हो भने हामी अन्य देशमा नभई स्वदेशमा राम्रो रोजगारीका उत्पादन गर्न सक्छौं भन्ने लाग्यो र डालीलाई संचालनमा गर्न लागेको छु ।
घिमिरेले डाली संचालनमा ल्याउन जापानदेखि नेपालमा धेरैको साथ सहयोग रहेको बताउँछन् । मलाई डाली संचालन गर्न जनप्रतिनिधिदेखि सरकारी कर्मचारी ,व्यवसायी,विभिन्न कम्पनीमा कार्यरत साथीहरु धेरै जनाको साथ सहयोग रहेको उनि बताऊँछन् । मुख्य संचालक समेत रहेका घिमिरेले आफू होटल व्यवसायमा लाग्नु भन्दा पहिला निकै संघर्ष गरेको ति दिन सम्झदै उनि भन्छन; ति दिनमा निकै संघर्ष गर्नुको कारण र घर परिवार विशेषत् श्रीमती लगायत साथीभाइ इस्टमित्रहरुको साथ सहयोगका कारण आज यसरी व्यवसाय गर्ने आट र हिम्मत प्राप्त भएको छ । त्यसैले कुनै पनि काममा सफलता प्राप्त गर्नुछ भने आफ्नो काममा निरन्तर लागिरहनु पर्दछ । हो कामकै दौरानमा अनेकौं समस्याहरु आइपर्छन् तर ति समस्याहरुबाट बिचलित नभइ कामलाई निरन्तर रुपमा संचालन गर्न सक्नु नै एक सफलताको कडी भएको उनि बताउछन् ।
सफल असफल भन्ने त भोली देखिने कुरा हो तर लगनशिल भएर काम गरे असफल भईदैन् भन्ने लाग्छ । व्यापार व्यवसायमा घाटा नाफा हुनु स्वभावीक पक्रिया हो । त्यसबाट अतालिन्नु भन्दा व्यवस्थापन र समाधान प्रमुख कुरा रहेको उनि भन्छन । पर्यटकको आक्रर्षक केन्द्रविन्दु लुम्बिनी, गौतमबुद्ध अन्तराष्टिय विमानस्थल संचालन पश्चात स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्ने सम्भावना पनि छ । स्वदेशी मात्र नभई विदेशी पर्यटकहरुलाई पनि नेपाली परिकार डालीको उद्देश्य हो । डालीमा विवाह पार्टी, वर्तवन्ध, सेमिनार, गोष्टीको लागि १५० क्षमताको हल छ । जन्मदिन र बैबाहिक वर्षगाठ मनाउँनको लागि सोही अनुरुपका २ क्याविन पनि रहेका छन् भने गार्डेनसँगै ७ वटा खरले छाएको र ओपन ३ वटा कटेज पनि रहेका छन् । बालबालिकाहरुको लागि खेल्न किड्स जोनको लागि पनि सोच अगाडी बढाएका छौं । गार्डेनसँगै फाउन्टेन, हरियाली वातावरण डालीमा रहेको छ र सबै ग्राहकलाई सन्तुष्ट बनाएर अगाडी बढाउने सोच रहेको छ ।
त्यस्तै परिवारका लागि पारिवारिक हल तथा कटेज तयार पारेका छौं । यूवा पंक्तिलाई जोड दिएर हल पछाडी युवा जोनको योजना बनाएका छौं । सबैलाई समेट्ने डालीको प्रयास हो । धेरै कामहरु बाँकी छन् होटल शुभारम्भसँगै बाँकी रहेका सम्पूर्ण कामहरु पनि सम्पन्न गर्दै जानेछौँ । तपाईहरुको साथ सहयोग र हौसला पाइराखे स्विमिङ् पूलको समेत योजना रहेको छ । हेरौं समयले कति साथ दिन्छ । राम्रो सफा ताजा र शरीरलाई हितकारी परिकार उपलब्ध गराउने हाम्रो दायित्व हो र त्यसबाट नचुक्ने हाम्रो लक्ष्य हो उनि अगाडी थप्छन् ।
डालीको व्यवस्थापकिए जिम्मेवारी सम्हालेका ७ वर्ष काठमाडौंमा पत्रकारीतामा आबद्ध रहेर काम गरेका बिष्णु आचार्यले आफ्नो यो क्षेत्र नयाँ भए पनि यसबाट धेरै कुरा सिकेको बताउँछन् । हामीले परिवारजनमा सामान्य रुपमा सिकेका कुरा रेष्टुरेण्ट व्यवसायमा पूर्ण रुपमा लागु भएको देख्दा यो एउटा लेसन पनि रहेछ लाग्छ । हिजो हाम्रो परिवार, विद्यालयमा सिकेका सामान्य कुराहरु हरेक क्षेत्रमा लागु हुँदा रहेछन् । हुनत मैले हिजो पत्रकारीता क्षेत्रमा काम गर्दै जाँदा सबै क्षेत्रसँग संगत गरे, कुरा गरे, गुनासा सुने कतिपय सम्बोधनका लागि सम्बन्धीत निकायमा झकझकाउने कोशीस गरे । तथापी आज यही फिण्डमा स्वयंम आफू भएर काम गर्दा यो क्षेत्रका दुःख, भोगाईसँगै यहाँको रमाइलो वातावरण पनि नजिकबाट बुझ्ने मौका पाएको छु व्यवस्थापक आचार्य भन्छन् ।
तिलोत्तमा-१, वनवाटिकाबाट ५०० मिटर पूर्वमा रहेको डालीको ग्राण्ड ओपनिंग २०७९ बैशाख १ देखि राखेको आचार्यले बताए । उनका अनुसार एकैदिन भन्दा पनि सबैलाई आउँन सहज होस् भन्ने हिसाबले १५ दिन केही परिकारहरुमा छुट गराएर सुचारु गर्ने तयारी रहेको छ । डाली मिसन एग्रो टुरिजम प्रा.लि. मार्फत संचालित छ । मिसन एग्रोले कृषी, पर्यटन लगायतका व्यवसायीक क्षेत्रमा लगानी गर्ने उदेश्य राखेको छ व्यवसायी कृष्ण घिमिरेले बताए ।













