गृहपृष्ठ तिलोत्तमा नगरपालिका मणिग्राममा ७ करोड लागतमा अत्याधुनिक फर्निचर उद्योग सञ्चालनमा
तिलोत्तमा नगरपालिका मणिग्राममा ७ करोड लागतमा अत्याधुनिक फर्निचर उद्योग सञ्चालनमा
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा ७ करोड लागतमा अत्याधुनिक फर्निचर उद्योग सञ्चालनमा आएको छ। आठ कठ्ठा जग्गामा सञ्चालित उक्त उद्योगको गत मंगलबार तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नुभयो। उद्घाटन प्रश्चात बोल्दै प्रमुख खाँणले ठूलो लागतमा उद्योग स्थापना हुनु नगरबासीका लागि खुशीको कुरा रहेको भन्दै नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
५ जना लगानिकर्ताले सहकार्य गरि संंचालनमा ल्याएको HBS मल्टीट्रेड इन्टरप्राइजेज प्रा.लि.द्वारा संचालित HBS मोडुलर फर्निचर उद्योगमा अत्याधुनिक मोडुलर होम फर्निचर,मोडुलर अफिस फर्निचर ,मोडुलर किचन साम्रगी उत्पादन भइरहेको साथै अन्य उच्च फिनिसिङ्ग र फोल्डिङ्ग गर्न मिल्ने ब्यवस्था रहेको संचालनक मध्येका एक होबिन्द्र कार्कीले बताए ।

उनले उद्योगमा प्रयोग गरेको मेशिन तथा उपकरणबाट आवाज र धुवाँ दुवै नआउने अत्याधुनिक रहेको बताए । उनी प्छन् ” हामिले शुरुमा चिनबाट फर्निचर ल्याएर विक्री गर्यौ अहिले त्यो आयात रोक्न लागि आफै उद्योग चलाएको छौ , विक्रि गर्दा चिनबाट गर्ने स्वदेशमा उत्पादन गरेर धेरै ठाउँमा विक्री गरौ भन्ने सोचले उद्योगलाई संचालनमा ल्याइएको हौ”।
आधुनिक डिजाईनमा उत्पादन गरिएका फर्निसिङ्ग सामाग्रीहरुको उद्घाटनसँगै बिक्रि गर्न सुरु भएको छ। उद्योगले किचेन, बेडरुम, अफिस फर्निचर तथा सम्पूर्ण अफिस सजावटका लागि आवश्यक सबै किसिमका सामानहरु यहाँ उपलब्ध गराएको छ । उत्पादनहरु नविनतम प्रविधि, चुस्त फिटिङ्ग तथा वातावरणमैत्री रहेको संचालनहरुले दावी गरेका छन।






