गृहपृष्ठ भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा संचालनमा
भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा संचालनमा
भैरहवा । भारतको एकमात्रा ठुलो हस्पिटालिटी ओमात्राको ब्राण्ड नेपालमा प्रवेश गरेको छ । भारतको पर्यटन क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आइरहेको ओमात्राले नेपालमा पनि आफ्नो ब्राण्ड शुरुगरे पछि पर्यटक क्षेत्रमा गुल्जार आउने पर्यटन व्यवसायीहरु बताउँछन् । नेपालमा पर्यटन क्षेत्रको विकासमा ओमात्राको आगमन संगै विदेशी र स्वदेशी पर्यटकहरुलाई गुणस्तरिय सेवा सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ । ओमात्रा ब्राण्डले नेपालमा होटल तथा हस्पिटालिटी क्षेत्रमा लामो अनुभव भएका सुनिल श्रेष्ठलाई कन्ट्रीहेडको जिम्मेवारी प्रदान गरेको छ ।
त्यस्तै पर्यटन क्षेत्रमा लामो समय काम गरेका युवराज पाण्डेलाई एरिया डाइरेक्टर नियुक्ती गरेको छ । पर्यटन बजारमा काम गरेकी सालु कुवँरलाई कलस्टर सेल्स हेडको जिम्मेवारी दिएको ओमात्राका संस्थापक सैयद अब्बास ले जानकारी दिए । नेपाली अर्थतन्त्रको बलियो खम्बाको रुपमा रहेको पर्यटन क्षेत्रलाई चलाएमान बनाउनका लागि ओमात्राको आगमनले थप इटा थपेको होटल व्यवसायीहरुले बताउँछन् । सन् २०१५ देखि होटल तथा हस्पिटालिटी म्यानेजमेन्टको थालनी गरेको ओमात्राले भारतमा ३० वटा स्टार होटलहरु सञ्चालनमा ल्याएको छ ।
भारत बाहेक नेपाल र थाईल्याण्डमा समेत ओमात्राले आफ्नो ब्राण्ड पुराएको ओमात्राका नेपाल कन्ट्रीहेड सुनिल श्रेष्ठले जानकारी दिए । पर्यटन क्षेत्रलाई आर्थिक चलायमान बनाउने र गुणस्तरिय सेवा प्रदान गर्ने मुख्य उद्धेश्य रहेको ओमात्राले आगामी दिनमा नेपालका मुख्य पर्यटकिय क्षेत्रमा आफ्नो उपस्थित जनाउने बताएको छ । पर्यटकलाई सर्वसुलभ, गुणस्तरिय र शान्ता वातारण प्रदान गर्दै आएको ओमात्राको म्यानेजमेन्टले भविष्यमा विश्व बजारमा पर्यटनक्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने देखिएको छ ।





