गृहपृष्ठ नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ५९ पैसा र बिक्री दर १२९ रुपैयाँ २० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ २० पैसा र बिक्री दर १४८ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





