२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ सेयर बजार आज मंगलबार पनि १६.०६ अंकले घट्यो

सेयर बजार आज मंगलबार पनि १६.०६ अंकले घट्यो

काठमाडौं । सेयर बजार आज मंगलबार पनि घटेको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा आएको छ ।

५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दसैं अघिदेखि नै सकारात्मक बनेको बजार दसैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो । आज २२९ कम्पनीको १७ लाख ६८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

ट्रेडिङ, होटल र लगानी समूहका सूचकहरूमा सुधार भएको छ भने बाँकी समूहका सूचक घटेका छन् । ३ करोड १० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन पावर पार्टनर परेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार