गृहपृष्ठ आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९३ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।






