२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ शेयर कारोबार मापक नेप्से परिसूचक आज २८.५९ अङ्कले ओरालो

शेयर कारोबार मापक नेप्से परिसूचक आज २८.५९ अङ्कले ओरालो

काठमाडौँ । सेयर बजारको वृद्धि फेरि टिक्न सकेन । मंगलबार नेप्से सूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा आएको छ । १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यो औसतभन्दा कम कारोबार रकम हो । मौद्रिक नीतिपछि लगातार घटेको बजार सोमबार सम्हालिएको थियो । तर, यो वृद्धिले मंगलबार निरन्तरता पाउन सकेन । बजार पुनः २१ सय विन्दुमुनि आएको छ ।

आम लगानीकर्ताका लागि मनोवैज्ञानिक रुपमा ठूलो प्रभाव पार्ने यस्तो विन्दु भन्दा नेप्से तल आएपछि मंगलबार झन् ठूलो अंकले बजार घटेको छ । यस दिन २६२ कम्पनीको ६० लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड ७४ लाख रुपैयाँसहित कारोबार रकममा अपर तामाकोशी हाइड्रोपावर परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटेल परेका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार