गृहपृष्ठ शेयर काराेबार मापक नेप्से परिसूचक आज १२.८४ अंकले ओरालो
शेयर काराेबार मापक नेप्से परिसूचक आज १२.८४ अंकले ओरालो
काठमाडौं । नेप्से सोमबार १२.८४ अंकले घटेको छ । नेप्से आज हिजो आइतबारभन्दा ०.४७ प्रतिशतले घटेर २६७६.१५ विन्दुमा पुगेको छ । सोमबार नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर कारोबार भएको छ । ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।