२०८२ वैशाख ११ गते बिहीवार | April 24, 2025

गृहपृष्ठ शेयर काराेबार मापक नेप्से परिसूचक आज ५३ अंकले ओरालो

शेयर काराेबार मापक नेप्से परिसूचक आज ५३ अंकले ओरालो

काठमाडौं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भारी गिरावट आएको छ । नेप्सेमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३६५ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से ५३.०४ अंकले घटेको छ । शेयर बजार घट्दा नेप्से २६१६.२६ अंकमा आइपुगेको छ भने पुँजीकरणमा समेत १.९८ प्रतिशतले घटेको छ । आज नेप्सेमा भएको शेयर कारोबारमा २३० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

आज भएको शेयर कारोबारमा सबै उपसमूहका सूचकमा गिरावट आएको छ । तर, आज नेप्सेमा कुथेली बुखारी स्माल हाइड्रोपावरका शेयर कारोबारीले सबैभन्दा धेरै मुनाफा आर्जन गरेका छन् । त्यस्तै, आज नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाका शेयर कारोबारीले सबैभन्दा बढी गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार