२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ रुपन्देहीको सैनामैना नगरपालिका स्थित सालझण्डीमा बहुतले व्यवसायिक भवन तथा बसपार्क निर्माण कार्य सुरु

रुपन्देहीको सैनामैना नगरपालिका स्थित सालझण्डीमा बहुतले व्यवसायिक भवन तथा बसपार्क निर्माण कार्य सुरु

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० स्थित सालझण्डीमा बहुतले व्यवसायिक भवन तथा बसपार्कको निर्माण कार्य सुरु भएको छ । सो भवनको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले शिलान्यास गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख चित्रबहादुर कार्कीले सम्वृद्ध नगर बनाउन यस क्षेत्रको विकासले भूमिका निर्वाह गर्ने उल्लेख गर्दै बसपार्कले आम्दानीको स्रोत वढाउने र नागरिकलाई यातायातको सेवासँग जोडने बताउनुभयो ।
उहाँले स्थानीय सरकार निर्माण भएपछि विगतको तुलनामा विकास र परिवर्तन भएको जिकिर गर्दै स्थानीय सरकारको अभ्यास सुशासन र विकासमा एकै पटक भएको छ भन्नुभयो । सैनामैनाको हरेक वडामा सन्तुलित बिकास गर्दै आएको बताउदै प्रमुख कार्कीले सालझण्डी ढोरपाटा सडक राष्ट्रिय गौरवको योजना भएको र यसैसंग जोडिएर बन्न लागिएको बसपार्क र ब्यवसायिक भवनले सैनामैनामा प्रयाप्त रोजगारी र आर्यआर्जनको अवसर सिर्जना हुने बताउनु भयो ।
यसबाट सालझण्डी—ढोरपाटन सडकको सौन्दर्य वढनुका साथै त्यसबाट कयौं नागरिक लाभावन्वित हुने अपेक्षा गरिएको समेत कार्कीले बताउनु भयो । बसपार्कमा निर्माण हुने ब्यवसायिक भवनमा नीजि क्षेत्रको लागत सहभागिता समेत रहने बताइएको छ ।
पुर्व पश्चिम लोकमार्ग भएर यात्रा गर्ने सम्पुर्णलाई एकै छिन भए पनि सैनामैनामा आराम गर्ने र सैनामैनामै उत्पादित आर्गनिक खाजा खुवाएर पठाउने गरी सैनामैनामा बसपार्क, रिफ्रेस सेन्टर लगायतको योजनाहरु धमामध निर्माण हुदै गरेको सैनामैनाका उपप्रमुख विना रानाले बताउनु भयो ।
सालझण्डी नजिकै केही महिनाअघि देखि प्रदेश सरकारको लगानीमा रिफ्रेस सेन्टर समेत निर्माणाधिन अवस्थामा छ ।
रु। ४ करोड ६३ लाख ३८ हजार ६७० लागतमानिर्माण हुन लागेको व्यवसायिक भवनमा ४६ सुविधासम्पन सटर सहित दुई शौचालय, चौपारी, टीकट काउन्टर, कार तथा बस पार्किड, हरियाली खुल्ला क्षेत्र समेत निर्माण हुने सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले बताउनु भयो ।

करिव १ विगाहा ७ कट्ठा १२ धुर क्षेत्रफलमा निर्माण हुन लागेको भवनको एक वर्षमा निर्माण कार्य सक्ने लक्ष्य लिइएको श्री घिसिङ्ग श्रीखण्डपुर बि।आई।एम।जे।भि धुलिखेलका संचालक सुजन गौतमले प्रतिबद्धता ब्यक्त गर्नुं भयो ।
निर्माण शुभारम्भ भएसंगै स्थानिय उत्साही बनेका छन । नगरको यस प्रकारको योजनाले सैनामैनामा समृद्धि र बिकासको आएको स्थानिय सागर खरेलले बताउनु भयो ।
बसपार्कमा ८४ बस अटने क्षमता रहेको छ । पूर्व पश्चिम लोकमार्गमा बन्ने सो बसपार्कबाट दक्षिणको नेपाल र भारतको सिमावर्ती क्षेत्र कक्रहवालाई जोडेर उत्तरतर्फको ढोरपाटन आवतजावतको समेत प्रवन्ध गर्न खोजिएको छ ।
कार्यक्रममा सैनामैना वार्ड नं १० का वडा अध्यक्ष लोक नारायण थापा, सैनामैनाका कार्यपालिका सदस्य कल्पना कुवर, नेकपा एमालेका भुमिलाल सापकोटा, नेपाली काग्रेसका महासमिति सदस्य ईन्द्र बहादुर जि।सी, सैनामैनाका प्राबिधिक अरुण खनाल लगायतले ब्यवसायिक भवनका बिषयमा बोल्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार