२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ १९६ किलोमिटर काठमाडौं महानगरमा कालोपत्रे गर्‍यौँ: मेयर शाक्य

१९६ किलोमिटर काठमाडौं महानगरमा कालोपत्रे गर्‍यौँ: मेयर शाक्य

काठमाडौं, २६ मंसिर/काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरले १९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको बताएका छन् ।

२७ औँ महानगर दिवसको अवसरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले  १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए ।

‘मेरो कार्यकालमा ४८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने २२६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ,’ उनले भने, ‘वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको छ ।  वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्यालयहरू निर्माणाधीन अवस्थामा छन् ।  वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरूको स्तरोन्नति गरिएको छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार