२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ पोखरापाली र परासी जोडने पुल निर्माणको काम तिब्र गतिमा

पोखरापाली र परासी जोडने पुल निर्माणको काम तिब्र गतिमा

ज्ञानेश्वर सहानी, ११ पौष । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको योजनाका रुपमा रहेको पोखरा पालि र परासी जोड्ने पुल निर्माण काम तिब्र गतिमा अघि बढीरहेको छ।

बर्षौं देखि लथालिङ्ग रहेको पुल हाल मेयर गुप्ताको अगुवाईमा निर्माण गर्न सुरु गरिएको स्थानियले बताएका छन्।

मेयर गुप्ताका अनुसार नगरवासी जनतालाई आउन जान समस्यालाई मध्य नजर गर्दै तथा पोखरापाली एवम् परासी दुवैको व्यापारलाई तिर्व गति दिनको लागि यसको समाधान गर्न जरुरी रहेको बताउनुभयो छ । नगरपालिकाबाट हुन सक्ने सम्पूर्ण समस्याको समाधान गर्न तथा नगरवासीको सेवा गर्न आफू दिन रात लागि पर्ने बताउनु भएको छ।

निर्माण काम सुरू भएको १५ दिनमा ४० प्रतिशत काम‌ सम्पन्न भएको बताउनुभएको छ । २ करोड रुपैयाँको लागतमा बन्ने यो पुल लागि रामग्राम नगरपालिकाले आफ्नो बजेट अर्थात आर्थिक सहयोगको लगानी काम सुरु भएको हो । २०७७ मंसिर २९ मा ठेक्का सम्झौता भएको यो पुल २०७८ पुस मसान्त सम्म सक्नुपर्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार