२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ मौसम खुलेसँगै हिउँमय पहाडको बीचमा यस्तो देखियो शे फोक्सुण्डो ताल

मौसम खुलेसँगै हिउँमय पहाडको बीचमा यस्तो देखियो शे फोक्सुण्डो ताल

डोल्पा ,७ पौष। नेपालकै गहिरो तालको परिचय बनाएको शे फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ । छिन , छिनमा रंग बदल्ने यो ताल फोक्सो आकारको भएकाले फोक्सुण्डो र शे गुम्वा नजिकै भएकाले शे-फोक्सुण्डो नाम राखिएको हो । यो तालमा जिवित कुनै पनि प्राणी नभएको विज्ञले बताउदै आएका छन् ।

उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा रहेको यो ताल सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बाको यही छ । शे फोक्सुण्डो राष्टिय निकुन्जको बीचमा रहेको यो ताल कर्णालीको पहिचान पनि हो । यस तालको वरपर बिभिन्न किसमका जनावरहरु समेत हेर्न पाइन्छ । अग्ला पहाडबाट बगेर कन्चन हिउँबाट ताल भरिने गर्दछ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस ठाउँमा डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण ६,८६६ मिटर , सिकाल्पो खाङ ६,५५६ मिटर , वेज चुचुरो ७,१३९ मिटर जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

केहि तस्बिरहरु :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार