गृहपृष्ठ स्थगित परीक्षा एवम् नयाँ भर्नाबारे त्रिविले दियो खुसीको खबर !
स्थगित परीक्षा एवम् नयाँ भर्नाबारे त्रिविले दियो खुसीको खबर !
त्रिभुवन विश्वविद्यालयले हाल स्थगित भएका विद्यार्थीको परीक्षा संक्रमण सामान्य भएपछि एक महिनाको समय दिएर गरिने जनाएको छ । संक्रमणले कति समय असर गर्छ भन्ने कुरा यकिन गर्न नसकिने भएकाले अवस्था सामान्य भएलगत्तै परीक्षा लिने र त्यसको तयारी भइरहेको जनाइएको छ ।
सामाजिक दूरी कायम गरेर परीक्षा लिने विश्वविद्यालयको योजना छ । यसैबीच विश्वविद्यालयले स्नातकोत्तर तहमा अनलाइन माध्यमबाट विद्यार्थीको नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ । यस क्रममा विज्ञान तथा शिक्षाशास्त्र सङ्कायले अनलाइनबाटै भर्नाको तयारी सुरु गरिसकेका हुन् ।
विज्ञान सङ्कायले जेठभरि फाराम भरेर असारमा प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । मानविकी तथा व्यवस्थापनमा परीक्षाफल प्रकाशन हुन बाँकी रहेकाले भर्ना खुल्न सकेको छैन । आजको गोरखापत्रमा खबर छ ।
यो पनि
सेतो पानी बग्ने समस्याको यस्तो छ घरेलु उपचार
आफ्नो परिवारको खुसीका लागि चुपचाप कष्ट सहेर बस्ने प्रायः नेपाली महिलाहरुको स्वभाव हुन्छ ।
आफू स्वयम् पीडामा रही सदैव श्रीमान, सन्तान एवम् परिवारजनको सेवामा तत्पर रहनु, उनीहरुको खानपान, स्वास्थ्य एवं नियमित व्यायाममा ध्यान राख्नु महिलाहरुको प्राकृतिक स्वभाव जस्तै बनेको छ ।
जसका कारण महिलाहरुमा विशेषतः शारीरिक अङ्गहरुमा खराबी, रगत बग्नु, योनी रोग, स्तनरोग, मासिक धर्म रोग, गर्भपीडा आदि जस्ता रोगहरुले जन्म लिन्छन् ।
अधिकांश महिलाहरुको मानसिक एवं शारीरिक समस्याको रुपमा रहेको ‘सेतो पानी बग्ने’ रोगको घरैमा पनि उपचार गर्न सकिन्छ जुन घरेलु उपचार विधि निम्नानुसार रहेको छ ।
१. अमलाको धुलो र सेतो जिराको धुलो बराबर मात्रामा मिलाई १ चम्चा धुलो बेलुका सुत्ने समयमा चिसो पानीसँग खानाले सेतो पानी बग्न छाड्छ ।
२. मुलाको रसको सेवन सेतो पानी बग्ने समस्या भएका महिलाहरुको लागि लाभदायक हुन्छ ।
३. ५० ग्राम माजुफललाई पिसेर ३ ग्रामका दरले दिनमा दुईपटक पानीसँग खानाले सेतो पानी बग्न छाड्छ ।
४. भिण्डीको सुकेको जरा १०० ग्राम, सुकेको पिडालु १० ग्राम दुवैलाई पिसेर कपडाले छान्नुहोस् । ६-६ ग्राम मिश्री मिलाई ३ हप्तासम्म नियमित खानाले सेतो पानी बग्न छाड्छ ।
५. शिवलिङ्गीको बिउको धुलो २ ग्राम, किसमिस १० ग्राम तथा भुटेको चनाको धुलो १० ग्राम मिलाई १० दिनसम्म खानाले सेतो पानी बग्ने समस्या भाग्दछ । यो औषधी बिहान खाना खानुभन्दा अगाडि लिनु जरुरी हुन्छ ।
६. १-१ वटा पाकेको केरा बिहान–साँझ घ्यूसँग २ हप्तासम्म खानाले सेतो पानी बग्ने समस्या हट्छ ।
७. बाख्राको दुधको सेवन सेतो पानी बग्ने बिरामीका लागि अत्यन्त लाभदायक मानिन्छ ।
साभारः मेरो डाक्टर पुस्तकबाट
यो पनि
आज २०७८ जेठ ४ गते मंगलबारको राशिफल
मेष : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ ।
बृष : विपरित लिंगीबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ । परिवारमा कलह हुन सक्छ । अध्ययन अध्यापन मध्यम रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।
मिथुन : आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।
कर्कट : पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।
सिंह : मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ ।
कन्या : आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाईनेछ ।
तुला : बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक क्षेत्र सफल हुनेछ ।
बृश्चिक : उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ ।
धनु : अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।
मकर : आज लाभ, हानी, आय, व्यय, सुख, दुःख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन होला ।
कुम्भ : महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
मीन : महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।





