गृहपृष्ठ पहुच र हावाको भरमा फाईल तयार पारेर शिक्षामा बजेट दिन्न : अर्थमन्त्री शर्मा
पहुच र हावाको भरमा फाईल तयार पारेर शिक्षामा बजेट दिन्न : अर्थमन्त्री शर्मा
काठमाडौं,२३ असोज |
अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को १२औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले पहुँच र हचुवाका भरमा कुनै फाइल तयार गरेर आफूले बजेट नदिने स्पष्ट पार्नुभयो ।
नक्साकङ्नबिना विद्यालय र कलेज स्वीकृति दिइने तथा त्यहाँ गुणस्तरीय शिक्षा नहुने हुँदा लगानी खेर गइरहेकातर्फ सङ्केत गर्दै मन्त्री शर्माले संविधानमा व्यवस्था भएबमोजिम सार्वजनिक शिक्षा निःशुल्क गराउन र शिक्षामा समानता स्थापना गरी समृद्धि निर्माणका लागि आफू प्रतिबद्ध रहेको सुनाउनुभयो । उहाँले सरकारले पढ्दै, कमाउँदै कार्यक्रम ल्याएको भन्दै त्यसलाई कार्यान्वयन गर्न समुदायस्तरमा सबै पक्षको सहयोग र विज्ञता उपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले कोभिड महामारीपछि शिक्षामा रुपान्तरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षामा लैङ्गिक समताका पक्षमा सुधार भए पनि उच्च शिक्षासम्म विद्यार्थी टिकाउनु चुनौतीपूर्ण भएको बताउनुभयो ।





