गृहपृष्ठ त्रिवि द्वारा नतिजा प्रकाशन (हेर्नुहोस्)
त्रिवि द्वारा नतिजा प्रकाशन (हेर्नुहोस्)
त्रि. वि.ले स्नातकोत्तर प्रथम बर्षको अंग्रेजी बिषयको नतिजा सार्वजनिक भएको छ। रिजल्ट www.tuexam.edu.np मा गएर हेर्न सक्नु हुनेछ।
मार्कसिट सहित रिजल्ट हेर्न सूचनामा भनीए अनुसारको नियम पालना गर्न सक्नुहुनेछ ।
हेर्नुहोस् नतिजाको सुचना :

यो पनि पढ्नुहोस
यसरी खुलाउदैछ आयोगले बिज्ञापन शिक्षक सेवा आयोग ११ औं संशोधन नियमावली २०७८ स्वीकृत भएको छ। मन्त्रीपरिषद्को हिजो सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै शिक्षक सेवा आयोगको विज्ञापन खोल्ने बाटो खुल्ला भएको छ। आयोगको नियमावली संशोधन भएसँगै रिक्त शिक्षक दरबन्दी पदपूर्तिका लागि विज्ञापन खुल्ने छ।
नियमावलीको दफा १८ को परीक्षाको पूर्णाङक र उत्तीर्णाङक सम्बन्धी व्यवस्थामा आयोगबाट लिइने प्रतियोगितात्मक परीक्षाको पूर्णाङ्क देहाय बमोजिमको हुने उल्लेख थियो। उक्त बुँदा संशोधन गरी खुला प्रतियोगितात्मक परीक्षा बनाउनुपर्ने गरी प्रस्ताव लगिएको थियो। यस्तै, दफा ३८ को परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिस सम्बन्धी अन्य व्यवस्थाको दुई नम्बर बुँदा संशोधन गर्ने गरी प्रस्ताव लगिएको थियो।
आयोगले ६ महिनाअघि नै शिक्षक सेवा नियमावलीसमेत संशोधनका लागि मन्त्रिपरीषद्मा प्रस्ताव लगेको थियो। शिक्षामन्त्री नियुक्त नहुँदा नियमावली संशोधन प्रकृयाअघि बढ्न सकेको थिएन। आयोगले यसअघि शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्दा प्राविधिक कारण देखाउँदै नियमावली संशोधनको प्रक्रिया रोकिएको थियो।
नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षा लगायतका काम रोकिएका थिए । आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ।
केन्द्रले प्राथमिक तहका १२ हजार ९ सय १२, निम्न माध्यमिक तहका दुई हजार ५ सय ९३ र माध्यमिक तहका एक हजार ५ सय ४२ पदमा दरबन्दी रिक्त रहेको विवरण आयोगलाई बुझाएको हो।





