२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ लगइन एजुकेशन बुटवल गोलपार्क मा राष्ट्रिय वाणिज्य बैंक तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लगइन एजुकेशन बुटवल गोलपार्क मा राष्ट्रिय वाणिज्य बैंक तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लगइन एजुकेशन बुटवलमा राष्ट्रिय वाणिज्य बैंक तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुटवल ३ गोलपार्कमा रहेको लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्कमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय वाणिज्य बैंक पढ्न इच्छुक विद्याथीहरुलाई मध्यनजर गर्दै गरिएको अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखाका निमित्त शाखा प्रवन्धक महेन्द्र पन्थिले राष्ट्रिय वाणिज्य वैंकमा रामो करीयर रहेको र तिव्र प्रतिस्प्रधा रहेकोले नयाँ ढङ्गबाट जुट्नुपर्नै बताउनु भयो ,साथै उक्त कार्यक्रममा जल तथा मौसम बिज्ञान बिभाग का लेखापाल शेभाखर ज्ञवालिले पनि बैक क्षेत्रमा भविष्यको सम्भावना र आफ्ना अनुभवहरु बताउनुभएको थियो ।

साथै उक्त कार्यक्रममा निजामति क्षेत्रका कर्मचारिहरु पनि उपस्थिति रहेको र आफ्ना अनुभवहरु बताउनु भएको थियो । अभिमुखिकरणमा ६० भन्दा बढी विद्याथीहरुको उपस्थिती रहेको थियो । राष्ट्रिय वाणिज्य वैंक तयारीमा बसेका विद्याथहिरुको माग अनुरुप कार्यक्रम गरिएको र कार्तिक २९ गतेबाट निरन्तर रुपमा राष्ट्रिय वाणिज्य बैंकका कक्षाहरु सञ्चालन हुने सञ्चालक अर्जुन खनालले जानकारी दिए ।

लगइन एजुकेशनका सञ्चालक खनालको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन माया घिमिरेले गरेकी थिइन ।

साथै यस संस्थाका सञ्चालक खनालले तयारीमा जुट्नुभएका बिधार्थिहरुलाइ मिति २०७८-७-२७ र २८ गते भर्ना हुनेलाइ तोकिएको शुल्कमा १५ प्रतिशत छुट दिने जानकारी गराउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार