२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ त्रि वि आयो परिक्षा सम्बन्धी यस्तो जरुरी सुचना (हेर्नुहोस्)

त्रि वि आयो परिक्षा सम्बन्धी यस्तो जरुरी सुचना (हेर्नुहोस्)

काठमाण्डौ।

त्रि वि ले जरुरी सुचना निकालेको छ।

स्नातकोत्तर तह (MA)को Re-Entrance प्रवेश परीक्षाको केन्द्र सम्बन्धी सूचना !

हेर्नुहोस्:

यो पनि:

यस्ता व्यक्ती विदेश जान नपाउने:

चितवन रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै अब केही ब्यक्तिहरुलाई बिदेश जान नदिने भएको छ ।

नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ ।

नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती लिनु पर्ने प्रस्ताव पारित गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि रु एक अर्ब २६ करोडको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ ।

जानुकालाइ अवार्ड:

काठमाण्डौ।

लोक गित संगितको क्षेत्रमा आवद्द कलाकारहरुले अवार्ड हात पारेका हुन्।गित संगितको पाटोमा जानुका तामाडं गायिकाको रुपमा चिनिदै आउनुभएको कलाकार हुनुन्छ। धेरै गितहरु चर्चामा उहाका रहेका छन्।यो अवार्ड कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो।

राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा सर्वोत्कृष्ट गायिका ‘उखु गुलियो’ को तर्फबाट उहाँ सम्मानित हुनुभएको हो।

जानुकाका दर्जनौ भन्दा बढी गित बजारमा आएका छन्।

यो कार्यक्रम अर्थ नेपाल प्रालिले आयोजना गरी रसियन कल्चरमा सम्पन्न भएको हो। यो अवार्ड पाउदा गायिका जानुका तामाडं आफुले खुसी पाएको व्यक्त गर्नुभएको हो।

यो पटक ‘उखु गुलियो’ बोलको गीतबाट साहले बेष्ट अवार्ड हात पार्नु भएको हो। यो गितमा खेम सेन्चुरी र जानुका तामाडंको आवाज रहेको छ।

धरणिधर भट्ट बने त्रिभुवन विश्वविद्यालयकै सर्वोत्कृष्ट दोस्रो

काठमाडौ ।

कैलालीका धरणिधर भट्ट ( DHARANIDHAR BHATTA ) त्रिभुवन विश्वविद्यालयकै सर्वोत्कृष्ट दोस्रो परीक्षार्थी बन्नुभएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, ( tribhuvan university faculty of management ) डीनको कार्यालयबाट मिति २०७७ माघ ०५ ( 18th january 2021) देखि मिति २०७७ माघ १५ ( 28th January 2021 ) सम्म सञ्चालन भएको Bachelor of Business Management (BBM) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षाको प्रकाशित नतिजामा भट्टले सर्वोत्कृष्ट दोस्रो अंक ल्याउनुभएको हो ।

उहाँले ३ दशमलव ८८ सीजीपीए ल्याएर यो स्थान ओकट्नुभएको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक टेक बहादुर मडईले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमा नै पोष्ट गरेर बधाई दिनुभएको छ । भट्टको यो नतिजामा आफन्त, साथीभाई सबैले खुशी मनाईरहेका छन् ।

सामाजिक सञ्जालमा भट्टलाई बधाईको ओइरो लागेको छ । एकाग्रता, लगनशील र अथक प्रयासबाट सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण भएको प्रसंशकहरुले लेखिरहेका छन् ।

अर्थमन्त्री यस्तो काम गर्दै:

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पोखरा-काठमाडौं सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाएका छन्।

पोखरा उद्योग वाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिएका हुन्।

‘पोखरा-काठमाडौंलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङमार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ,’ उनले भने, ‘पोखरा-काठमाडौं सडकमार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना छ।’

कार्यक्रममा उद्योगी व्यवसायीहरुले कोभिड-१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्नेगरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको ब्याजदर घटाउपनुपर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्नेलगायतका माग राखेका थिए।

फागुन २० गते राष्ट्रियसभाको चुनाव, गठबन्धनमा काँग्रेसलाई १०, माओवादीलाई ६ र समाजवादीलाई ४ सिट

राष्ट्रियसभाका २० जना सदस्यहरूको कार्यकाल यही फागुन २० गते सकिदैछ । ४ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका २० जना मध्ये एक जना रामनारायण विडारी मन्त्रिपरिषद्‍बाट मनोनीत हुन् भने १९ जना भूगोलबाट निर्वाचित हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ मा राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि सो पदका लागि निर्वाचन हुनुपर्ने प्रावधान रहेको छ । जसअनुसार फागुन २० मा रिक्त हुने राष्ट्रियसभा सदस्यहरूको पदपूर्तिका लागि माघ ७ देखि १० गतेभित्र निर्वाचन गर्न निर्वाचन आयोगले सुझाएको छ ।

सरकारले सोही अनुसार माघ ८ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनले राष्ट्रियसभामा रिक्त हुने पद जुन प्रक्रियाबाट उत्पत्ति भएको हो सोही प्रक्रियाबाट पूर्ति गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार फागुन २० मा रिक्त हुने २० मध्ये १९ सदस्यको पदपूर्ति निर्वाचनद्वारा हुनेछ ।

मन्त्रिपरिषद्‌बाट मनोनीत राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको पदावधी सकिएर रिक्त हुने स्थानमा भने मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशगत आधारमा इलेक्टोरल निर्धारण गरिएको हुन्छ । जहाँ प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाताको रूपमा रहेका हुन्छन् ।

प्रदेशसभा सदस्यलाई ४८ मतभार दिइएको छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ रहेको छ । प्रदेशगत रुपमा हुने निर्वाचनमा सबैभन्दा बढी मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार