२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ त्रि वि को नतिजा प्रकाशित हेर्नुहोस् (नतिजा सहित)

त्रि वि को नतिजा प्रकाशित हेर्नुहोस् (नतिजा सहित)

काठमाण्डौ।

त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानले एकसाथ विभिन्न नतिजा सार्वजनिक गरेको हो।

हेर्नुहोस् नतिजा:

 

यो पनि पढ्नुहोस्:

शिक्षकका लागी छुट्टै अस्पताल बन्दै-

शिक्षकहरुका लागि शिक्षक अस्पताल वन्ने निणर्य भएको छ । सोमबार वसेको मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि पाँच सदस्यीय समिति गठन गरिएको जनाएका छन ।

समिति भित्र शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन भने समितिलाई उपयुक्त जग्गा खोज्न दुई महीने कार्यअवधि तोकिएको र उपयुक्त जग्गा व्यवस्थापन हुनेबित्तिकै काम सुरु गर्ने सचिव थपलियाले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरेका थिए । बजेट कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले काम अघि बढाएको हो ।

समितिले देशका मुख्य शहर काठमाडौं,वुटवल,विराठनगर, चितवनलगायतका शहरमा जग्गा खोज्ने काम हुनेछ भने त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । ‘अस्पतालका लागि कस्तो जग्गा चाहिन्छ भनेर संयोजक डा. विमल चालिसेलेलाई सवै खाका दिएको र त्यसै अनुसार काम सरु भएको सचिव थपलियाले वताएका हुन्।

शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभानिबत हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार