गृहपृष्ठ त्रि वि को परिक्षा तालिका सार्वजनिक (हेर्नुहोस्)
त्रि वि को परिक्षा तालिका सार्वजनिक (हेर्नुहोस्)
काठमाडौं/३० कार्तिक-त्रिभुवन विश्वविद्यालय व्यावस्थापन संकायले व्याच्लर्स अफ होटेल म्यानेजमेन्ट (बि.एच.एम)को परीक्षा तालिका सार्वजनिक गरेको छ । विश्वविद्यालयले बिएचएम कार्यक्रम अन्तर्गत प्रथमसत्रको नियमित परीक्षा २०२१ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको तालिका अनुसार मंसिर ६ गते मध्यान्ह १२ बजे देखि परीक्षा सञ्चालन हुने जनाइएको छ ।
हेर्नुहोस्:

सरकारी तलब खाने सबैका छोराछोरी सरकारी बिद्यालयमा अनिवार्य भर्ना हुनु पर्ने-
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोरा छोरीलाई अनिवार्य रुपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन सरकार समक्ष माग गरेको छ ।
अनेरा स्ववियुले आगामी बजेटका सन्दर्भमा शिक्षा क्षेत्रमा समेटिनु पर्ने विषयहरूलाई सुझावका रुपमा पेश गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीका सन्दर्भमा संविधानले गरेको व्यवस्था कार्यन्वयनमा यस वर्षको बजेट आधार वर्षे बन्नुपर्ने बताएको छ ।
अर्थ मन्त्रीलाई भेटेर अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितका नेताहरूले बजेट जनमूखी र विद्यार्थीको पक्षमा हुनुपर्ने माग गरेका छन् । आगामी बजेटमा शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गरिएको अनेरास्ववियुका कार्यालय सदस्य समिक बडालले बताए ।
त्यस्तै शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षित तथा व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान हरेक बैंकका शाखाले न्यूनतम २० जना विद्यार्थीलाई सो प्रकृतिका ऋण उपलब्ध गराउन अनिवार्य व्यवस्था हुनुपर्ने माग अखिलले गरेको छ ।
अखिलले हरेक प्रदेशमा न्युनतम एउटा सरकारी शिक्षण अस्पताल खोल्न र ती अस्पतालमार्फत निःशुल्क उपचारको प्रबन्धका लागि बजेटमा व्यवस्था गर्न समेत माग गरेको छ ।
अनेरास्ववियुले डिजिटल नेपालको अवधारणा अन्तर्गत हरेक सरकारी विद्यालय र क्याम्पस मा निःशुल्क इन्टरनेट जडान हुनुपर्ने र विद्यार्थीको बीमा कार्यक्रम समेत बजेटमा ल्याउन माग गरेको छ ।
यो पनि:
यातायात व्यवस्था चालक अनुमतिपत्र को आवेदन दिने चार लाख
लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो ।
दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए ।
कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिकरुपमा नयाँँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा.भुसालले बताए ।
कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालको भनाइ छ ।
गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ । उनले भने, ‘अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन ।’
विसं २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि सङ्क्रमण पुनःबढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् ।





