२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ त्रि वि को तेस्रो बर्षको आवेदन फारम खुल्यो (हेर्नुहोस्)

त्रि वि को तेस्रो बर्षको आवेदन फारम खुल्यो (हेर्नुहोस्)

काठमाडौँ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एल.एल.वि.तेस्रो वर्ष २०७७ को नियमित परीक्षाको आवेदन फारम खुला गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले बिहिबार सूचना जारी गर्दै ३ वर्षे (स्नातक तह) एल.एल.वी.तेस्रो वर्ष २०७७ को  नियमित परीक्षा दिने विद्यार्थीहरुलाई २०७८ साल मंसिर ०८ गते देखि पौष ०७ गते सम्ममा  परीक्षा आवेदन फारम भर्न आब्हान गरेको छ।

हेर्नुहोस्:

यो पनि पढ्नुहोस्:

शिक्षकको बिज्ञापन खुल्दै-

शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले जानकारी दिए ।

उनले भने ‘हामी मन्त्रीज्यूसँग एक पटक छलफल गरेपछि विज्ञापन खुलाउने आन्तरिक तयारीमा छौं ।’ आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १७ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ ।

नियमावली संशोधन नहुँदासम्म वार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या हुने आयोगले जनाएको छ । संस्कृतमा निमावितर्फको पाठ्यक्रम नबन्दा शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्न समस्या भएको आयोगले जनाएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले भने, ‘हामीलाई अहिले संस्कृत तर्फको पाठ्यक्रम नबनेर समस्या भएको छ । पाठ्यक्रम बने पनि तीन महिनाअघि लागु नहुने नियमले समस्या परेको छ ।

’ बाँकी रहेको पाठ्यक्रम बनाउन थालिएको सूचना अधिकारी मरहट्टाले जानकारी दिए । श्रोतका अनुसार मंसिर दोश्रो साता बिज्ञापन हुने टुंगो लागेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार