गृहपृष्ठ नेपाल राष्ट्रिय शिक्षक संगठन कमिटीकाे अध्यक्षमा खत्री
नेपाल राष्ट्रिय शिक्षक संगठन कमिटीकाे अध्यक्षमा खत्री
उदयपुर, १६ मंसिर। नेपाल राष्ट्रिय शिक्षक संगठन उदयपुरगढी गाउँपालिका कमिटीको दोश्रो अधिवेशनले श्यामबहादुर खत्रीलाई अध्यक्ष चयन गरेकाे छ । महाधिवेशनले खत्रीको अध्यक्षतामा २२ सदस्य नयाँ कार्य समिति पनि चयन गरेकाे छ । पञ्चावती माध्यामिक विद्यालय उदयपुरगढीमा सम्पन्न अधिवेशनले खत्रीलाई पुन: दोश्रो कार्यकालको अध्यक्ष चयन गरेको हो ।
उपाध्यक्षमा राजु राना मगर, महिला उपाध्यक्षमा साबित्री कार्की, सचिवमा हेमबहादुर केप्छाकी, सहसचिबमा सबिता शर्मा, कोषाध्यक्षमा दिनेशनारायण श्रेष्ठ, सहकोषाध्यक्षमा चोककुमारी कार्की चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा क्रमश: मीना कार्की, खड्गबहादुर कटुवाल, जातेबहादुर सार्की, शोभा खड्का, धनबहादुर कार्की, गोपाल कार्की, डण्डिकेशर सुस्लिङ मगर, लोकबहादुर तामाङलगायत छन् । सेवा निवृतबाट मेनुका रोक्का र शंकर बिक चयन भएका छन् ।





