२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ MBBS पढाइको उद्घाटन गर्न आइतबार राष्ट्रपति जुम्ला आउदै

MBBS पढाइको उद्घाटन गर्न आइतबार राष्ट्रपति जुम्ला आउदै

जुम्ला, २० मंसिर। राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला आउने भएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेकाे एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला आउन लागेकी हुन् ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ । एमबीबीएस    प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेकाे उनले बताए ।

प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेकाे छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार