२०८२ वैशाख ११ गते बिहीवार | April 24, 2025

गृहपृष्ठ तोकिएको भन्दा बढी शुल्क लिन पाइदैन: शिक्षा आयोग

तोकिएको भन्दा बढी शुल्क लिन पाइदैन: शिक्षा आयोग

काठमाडौं/२३ मंसिर

चिकित्सा शिक्षा आयोगले विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिएकोभन्दै सूचनाजारी गरेको छ । आयोगले तोकेको शिक्षण शुल्कको अतिरिक्त अनिवार्य तिर्न पर्ने गरी बढी शुल्क लिएको प्रमाण सहित चिकित्सा शिक्षा आयोगमा विद्याथीहरुले उजुरी दिएपछि सूचनाजारी गरेको हो ।

आयोगले सूचना प्रकाशित गरी विद्यार्थीको शिक्षण सिकाइको लागि आयोगले निर्धारण गरेको भन्दा अन्य शीर्षकमा शुल्क अनिवार्य नभएको स्पष्ट परेको छ ।

‘शैक्षिक सत्र २०७७/०७८ का लागि हाले विश्वविद्यालयमार्फत् विभिन्न शिक्षण संस्थामा भर्ना भएका विद्यार्थीहरु, अभिभावकहरु तथा सरोकारवालाहरुबाट शिक्षण संस्थाले आयोगले तोकेको शिक्षण शुल्कको अतिरिक्त अनिवार्य तिर्नुपर्ने गरी शुल्क निर्धारण गरेको भनी प्रमाणसहित यस आयोगमा उजुरी दिएको सन्दर्भमा विद्यार्थीको शिक्षण सिकाइको लागि आयोगले निर्धारण गरेको भन्दा अन्य शीर्षकका रकम अनिवार्य नभएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ’ सूचनामा उल्लेख छ ।

साथै शिक्षण शुल्क बुझाउँदा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम एक तिहाइ रकम पहिलो वर्ष विश्वविद्यालयमा र बाँकी रकम वार्षिकरुपमा किस्ताबन्दीमा शिक्षण संस्थामा बुझाउनुपर्ने व्यस्था रहेको समेत जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार