२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ अनलाइनबाटै भर्न मिल्ने गरी ३ दिन भित्र शिक्षक पदपुर्तिको खुला बिज्ञापन हुदै!

अनलाइनबाटै भर्न मिल्ने गरी ३ दिन भित्र शिक्षक पदपुर्तिको खुला बिज्ञापन हुदै!

काठमाडौं/२६ मंसिर

शिक्षक सेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका अनुसार अबको तीन दिनभित्र शिक्षक पदपुर्तिकको खुला विज्ञापन गर्ने भएको छ । कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन गर्न लागेको हो ।

सूचना अधिकारी सुदर्शन मरहट्टाले आयोगको वार्षिक कार्यतालिकामा मंसिरमा शिक्षक पदपुर्तिकको खुला विज्ञापन गर्ने भनिएको र त्यसै अनुरुप खुला विज्ञापन गर्न लागिएको बताए । उनले, मंसिर सकिन धेरै दिन नरहेको बताउँदै अबको तीन दिनभित्र खुला विज्ञापन गर्ने तयारीमा रहेको बताएका छन् ।

मरहठ्ठाले परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गर्न लागिएको समेत जनाएका छन् । म्यानुअलबाट फारम भराउँदा समय लाग्ने भएकोले अनलाइनबाटै फारम भर्ने व्यावस्था गर्न लागिएको उनले बताए ।

उनले भने “पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यावस्था गर्न लागेको छ । साथै ठुलो संख्यामा शिक्षकहरुले आवेदन दिने हुँदा अनलनईनमा समस्या नआउनेगरी व्यावस्थित गर्न लागि परेका छौं।खबर एजुकेशन

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार