२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ पर्सी मा बी को बिज्ञापन खुलाउदै शिक्षक सेवा आयोग !

पर्सी मा बी को बिज्ञापन खुलाउदै शिक्षक सेवा आयोग !

काठमाण्डौ।

शिक्षक सेवा आयोगले पर्सी माध्यमिक तहको खुला तर्फको विज्ञापन गर्ने भएको छ । कुनै व्यावधान नभएमा पर्सीको गोरखापत्रमा खुला तर्फको विज्ञापन गर्ने भएको हो ।

आयोगले अनलाइन प्रविधिमार्फत पहिलो पटक विज्ञापन गर्न लागेको जानकारी दियो । आयोग उच्च सूत्रका अनुसार आयोग पहिलो पटक अनलाइन प्रविधिबाट विज्ञापन गर्ने तयारीमा जुटेको छ ।

परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यवस्था गर्न लागिएको हुँदा सफ्ठटवेयरमा काम गर्ने जनशक्ति व्यवस्थापन नभएका कारण पहिलो पटक माध्यमिक तहको मात्र आयोगले विज्ञापन गर्ने भएको हो ।

फारम भर्दा उम्मेद्वारले परीक्षा बापत तिरेको राजस्व समेत सिधै फारममा एटेज हुने गरी सफ्टवेयर निर्माण गरिएको हुँदा पहिलो पटक परीक्षणका रुपमा माध्यमिक तहको विज्ञापन गर्न लागिएको आयोगले जानकारी दियो । आयोगले शिक्षकका लागि आवेदक मात्र करिब तीन लाख पुग्ने अनुमान सहित अनलनईनमा समस्या नआउनेगरी व्यावस्थित गर्न माविको मात्र विज्ञापन गर्न लागिएको हो । आयोगले करिब तीन लाख आवेदक हुने अनुमान गरेको छ ।

आयोगले पहिलो पटक माध्यमिक तहमा करिब एक हजार ५४२ पदमा आवेदन माग गर्ने भएको छ । आयोगका अनुसार १७ हजार ४७ पदमा पदपूर्तिका लागि सिफारिस गर्नुपर्ने छ । आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाका अनुसार प्राथमिक तहमा १२ हजार ९१२  पदमा र निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद शिक्षक छनोट गर्नुपर्ने छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार