गृहपृष्ठ शिक्षक सेवा आयोग : कहिले खुल्छ निमावि प्रावि विज्ञापन यस्तो छ तयारी
शिक्षक सेवा आयोग : कहिले खुल्छ निमावि प्रावि विज्ञापन यस्तो छ तयारी
काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्ति गर्ने प्रक्रिया बढाएको छ । आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशित गरेको छ ।
आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताए । यस अघि साविकको जिल्ला शिक्षा कार्यालयमा आवेदन लिइन्थ्यो ।
अर्को सातासम्म क्रमशः निमावि र प्रावि तहको पनि विज्ञापन खुलाइने उनले बताए । उनका अनुसार अनलाइनबाट पहिलो पटक दरखास्त संकलन गर्न लागिएकाले मावि, निमावि र प्राविको एकै दिन विज्ञापन गर्न सकिएन । २-४ दिनको फरकमा तीनै तहको विज्ञापन गर्ने कार्ययोजना छ ।
आयोगले नियमावली संशोधन गरेर सामान्य परीक्षा पास गरे मात्र विषयगत परीक्षामा सहभागी हुने व्यवस्था राखेको छ । यसअघि एक सय पूर्णाङ्कको मात्र लिखित परीक्षा हुन्थ्यो । २ अंक भारका ५० वटा प्रश्नको सामान्य परीक्षामा कम्तीमा ५० अंक ल्याउने प्रतिस्पर्धीले मात्र विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।





