२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ राहत शिक्षकहरु द्वारा विरोध !

राहत शिक्षकहरु द्वारा विरोध !

काठमाडौं /४ पुस-नेपाल राहत शिक्षक केन्द्रीय समितिले राहत शिक्षकलाई उमेर हद नहटाई मावि तहको खुला विज्ञापन गरेको प्रति आपत्ति जनाएको छ । सरकारसँग गरेको आग्रहलाई वेवास्ता गर्दे शिक्षक सेवा आयोगले उमेर हद नहटाई मावि तहको खुला विज्ञापन गरेको भन्दै आपत्ति जनाएको हो ।

आज एक विज्ञप्ति जारी गर्दे बारम्बार उठाउँदै आएको माग र पछिल्लो चरण राहत शिक्षकलाई उमेरहद नलाग्ने व्यावस्थाकालगि गरीएको छलफल, लविङ् र ध्यानकार्षणका साथै नेपाल शिक्षक महासंघको वार्ता निष्कर्षमा नपुग्दासम्म विज्ञापन नखोल्न गरेको आग्रहलाई वेवास्ता गरी शिक्षक सेवा आयोगले खुला विज्ञापन गरेको भन्दै ध्यानाकर्षण र आपत्ति रहेको जनाएको छ ।

“विगतमा भएका नजिर अनुसार शिक्षक सेवा आयोगले तत्काल उमेर हदको विषयमा अर्को सूचना प्रकाशित गरी हाल कार्यरत राहत, करार शिक्षकहरुलाई परीक्षामा समावेश हुने वातावरण निर्माण गरीयोस ” विज्ञप्तिमा उल्लेख गरीएको छ ।

साथै बारम्बार ध्यानाकर्षण गरेको यो विषयलाई उपेक्षा गरीयो भने उत्पन्न हुने जुनसुकै असहज परीस्थितीको जिम्मेवार शिक्षक सेवा आयोग हने चेतावनि दिएको छ।

हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार