गृहपृष्ठ त्रिविको तेस्रो बर्षको नतिजा प्रकाशित (हेर्नुहोस्)
त्रिविको तेस्रो बर्षको नतिजा प्रकाशित (हेर्नुहोस्)
काठमाडौ ।
त्रिभुवन विश्वविद्यालयले विभिन्न तह, संकाय र खण्डको नतिजा सार्वजनिक गरेको छ ।
त्रिभुवनविश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७७ साल फागुन महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्काय तर्फको परीक्षाफल प्रकाशित गरेको हो ।
प्रकाशित सूचना अनुसार शिक्षाशास्त्र सङ्काय तर्फ चार बर्षे स्नातक तह तेस्रो बर्ष परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित भएको हो ।
त्रि.वि सङ्गठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम २०५० को परिच्छेद् ६६ को दफा २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने क्रमाङ्क २८१००२१ र ७७७००१५ का परीक्षार्थीलाई त्रि.वि. बाट सञ्चालन हुने २०७८ सालसम्मको कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउनेगरी २ (दुई) बर्षको लागि निष्काशन गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल त्रि.वि परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेवसाईट www.tuexam.edu.np मा गएर हेर्न तथा थाहा पाउन सक्नु हुनेछ त्यसै गरि Sms मार्फत नतिजा हेर्नको लागि B.ED. (Space) symbol number टाईप गरि 33624 मा Sms गरि हेर्न तथा थाहा पाउन सक्नु हुनेछ ।
परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उदेश्यले प्रकाशित गरिएको छ तापनि छपाई वा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ । सूचनामा भनिएको छ ।
साथै लब्धाङ्कपत्र १५ दिन पश्चात सम्बन्धित क्याम्पसबाट वितरण हुने समेत सूचनामा भनिएको छ ।







