२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ विद्यार्थीले जिन्स लगाउन नपाइने ।

विद्यार्थीले जिन्स लगाउन नपाइने ।

पाकिस्तान/ पुस-पाकिस्तानको एक विश्वविद्यालयले विद्यार्थीलाई जिन्स लगाउन प्रतिबन्ध गरेको छ । पाकिस्तानको पञ्जाबस्थित युनिभर्सिटी अफ एग्रिकल्चरल फैसलावादले अध्ययन गर्न आउने विद्यार्थीमाथि जिन्स लगाउन प्रतिबन्ध लगाएको हो ।

पाकिस्तानको संघीय शिक्षा निर्देशनालयले जिन्स लगाउनमा प्रतिबन्ध गर्न निर्देशन दिएसँगैे विश्वविद्यालयले जिन्समाथि प्रतिबन्ध लगाएको हो । यो नियम लागू भएपछि विद्यार्थीलाई नयाँ पोसाक अनिवार्य गरिएको डेली पाकिस्तान अखबारले उल्लेख गरेको छ ।

विश्वविद्यालयमा अध्ययनका लागि आउने छात्रले सर्ट, टाइट र ग्रन्जेच जिन्स, धेरै गोजी भएको पाइन्ट र प्रिन्टेट टिसर्ट लगाउन पाउने छैनन । त्यस्तै छात्राहरुले जिन्स, टिसर्ट र सर्ट, पारदर्शी कपडा, चप्पल, फेसनेवल कपडा, झुम्का लगाउन अनुमति नदिएको अर्थात् छात्रहरुलाई आकर्षण गर्ने खालको पहिरन नलगाउन विश्वविद्यालयले निर्देशन दिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार