गृहपृष्ठ मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यन्वयले गति लिदै
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यन्वयले गति लिदै
बुटवल,१८ पुस। लुम्बिनी प्रदेश सरकारले यस वर्ष शुरुवात गरेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यन्वयमा गति लिएको छ । आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले ले मुख्यमन्त्री शैक्षि सुधार कार्यक्रमको १२ वटै जिल्लाका शिक्षा समन्वय कर्ताहरुलाई अभिमुखीकरण गरेपछि अब गति लिने भएको छ ।
लुम्बिनी प्रदेश सरकारको नेतृत्व मुख्यमन्त्री कुलप्रसाद केसीले २०७८ साल साउन २८ गते देखि नेतृत्व लिएपछि उहाँकै नेतृत्वमा यस शैक्षिक सुधार कार्यक्रम यसै वर्षको बजेटमा विनियोजन गरिएको थियो । लुम्बिनी प्रदेशको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि नै पहिलो प्राथमिकतामा शिक्षामा लगानी गर्नु पर्ने मुख्यमन्त्री केसीले अवधारणा अगाडि सार्नु भएको थियो । सोही अनुसार आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रममै पहिलो सरकारले सञ्चालन गरिरहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई परिमार्जन गरी हाल मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम पारित गरेको थियो ।
मुख्यमन्त्री ग्रामीण शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका निर्देशक समितिमा मुख्यमन्त्री स्वयम नै अध्यक्ष रहेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यन्वय समिति र यस कार्यक्रममा शैक्षिक सुधार कार्यक्रमको निर्देशकमा ग्रीस पुनमगरलाई प्रदेश सरकारले नियुक्ति गरि सकेको छ । प्रदेशको १२ वटा जिल्लाका १२ जना शैक्षिक सुधार कार्यक्रमका कार्यक्रम सम्वनयकर्तालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रममा अभिमुखीकरण कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा निर्देशक मनोज गैरले लुम्बिनी प्रदेशको शैक्षिक अवस्थाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले लुम्बिनी प्रदेशको शैक्षिक संस्थाहरुको अवस्था, दवन्दीको अवस्था, विद्यार्थीको अवस्था, सामुदायिक र सँस्थागत विद्यालयको अवस्थाका विषयमा जानकारी गराउँदै आगामी दिनमा सुधार गर्नका लागि अति आवश्यक रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव कुमार दाहालले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको आचार संहिता, कर्मचारीहरुले निर्वाह गर्नु पर्ने भूमिका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले मुख्यमन्त्री लिएको शैक्षिक क्षेत्रका सपनालाई साकार गर्नका लागि सबै लाग्नका लागि निर्देशित गर्नुभएको थियो ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्क कार्यालयका कानून सचिव राजेन्द्र थापाले मुख्यन्त्री शैक्षिक सुधार कार्यक्रमको कार्यविधिका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले कार्यक्रम निर्देशक समितिको काम कार्य, जिल्ला अनुमगन समितिको काम र कतव्र्य, कार्यन्वयन समितिको कार्य लगायतको बारेमा समेत जानकारी गराउनुभएको थियो । कार्यक्रममा निर्देशक ग्रिस पुनमगरले सबै समन्वय कर्ताहरुले यस कार्यक्रमलाई सफल पार्नका लागि सबैलाई निर्देशन गर्नुभएको थियो ।
यस कार्यक्रममा प्रत्येक स्थानीय पालिकामा रकम गई सकेको छ । स्थानीयतहले विद्यालयको शैक्षिक अध्ययनका लागि वातावरण निर्माण गर्नका लागि विभिन्न क्रियाकलाप छनौट गर्नेछन् । विद्यालयको खानेपानी, शौचालय, घेरबार, पर्खाल, रंग रोवन लगायको काम गर्न सकिने छ ।






