२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ शिक्षक बढुवाको विज्ञापन खुला, यसरी आवेदन दिन मिल्ने ?

शिक्षक बढुवाको विज्ञापन खुला, यसरी आवेदन दिन मिल्ने ?

काठमाडौं, ११ माघ।  शिक्षक सेवा आयोगले शिक्षक बढुवाको विज्ञापन खुला गरेको छ । माविको दरखास्त दिने समय सकिएको र निम्न माध्यामिकको अन्तिम भएकाले सरभरमा केही सहज हुने भन्दै बढुवाको विज्ञापन गरेको हो ।

आयोगका सूचना अधिकारी सूदर्शन मरहठ्ठाले शिक्षक बढुवाको विज्ञापन गर्ने निर्णय भएको र माग १२ गते बुधबार देखि आवेदन दिन सकिने बताए । उनले शिक्षक सेवा आयोगको नियमावली ११ औं संशोधन भएर राजपत्रमा सूचना प्रकाशित भइसकेको र माविको दरखास्त दिने समय सकिएको र निम्न माध्यामिकको अन्तिम भएकाले सरभरमा केही सहज हुने भन्दै विज्ञापन गरीएको जानकारी दिए ।

आयोगले यस भन्दा अगाडि माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहको खुला विज्ञान गरिसकेको छ । शिक्षक बढुवाको आवेदन फाराम पनि म्यानुअल नभई अनलाईनबाटै भर्ने व्यावस्था गरिएको छ । जसमा आन्तरीक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशतको) अनलाईनबाटै भर्ने व्यावस्था गरिएको छ, भने कार्यसम्पादन मुल्याङकन (७५ प्रतिशत)को फाराम शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्ने छ ।

यसरी बढुवाको विज्ञापन गर्दा ७५ प्रतिशत कार्यसम्पादन मुल्याङकनको आधारमा र २५ प्रतिशत आन्तिरीक प्रतियोगात्मक परीक्षा गर्ने गरी आयोगले काम अगाडी बढाएको सूचना अधिकारी सूदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार यस सवालमा यस भन्दा अगाडी नियमावलीको १० औं संशोधन हुँदा खुला र बढुवा प्रतियोगिता समान हुनेछ भनेर उल्लेख गरिएकोमा अब ११ औं संशोधनले त्यसलाई छुट्टाछुट्टै गर्ने व्यावस्था गरेको बताए ।

आयोगले कार्यसम्पादन मुल्याङकन (७५ प्रतिशत) तर्फ २ हजार ६ सय २२ जनाको र आन्तिरीक प्रतियोगात्मक परीक्षा (२५ प्रतिशत) तर्फ ८ सय ६९ जनाको पदमा विज्ञापन गर्ने तयारी गरेको छ ।

त्यसैगरी शिक्षक सेवा आयोगले शिक्षक पदको अनलाइन दरखास्त फाराम माघ १२ गतेदेखि फागुन १२ गतेसम्म सिंगल दस्तुरमा र फागुन १९ गतेसम्म देब्बर दस्तुरमा दरखास्त फाराम भर्ने म्याद तोकेको छ ।

त्यसैगरी शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद दुईदिन थप गरी माघ ८ गते सकिसकेको र दोब्बर दस्तुरको म्याद माघ १५ गते राती ११ः५९ बजेसम्म कायम गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार