२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ आजबाट विद्यालय खुल्ने यी स्वास्थ्य र सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न निर्देशन

आजबाट विद्यालय खुल्ने यी स्वास्थ्य र सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न निर्देशन

काठमाडौं । देशभरका शैक्षिक संस्थामा भोलि आइतबारदेखि भौतिक उपस्थितसहित पठन पाठन हुने भएको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठन पाठन हुने भएको हो । विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन् । सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठन पाठन गर्न भनेको छ ।

शिक्षा तथा मानव स्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको मिति २०७८-१०-२३ को सिफारिस ‘विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फाल्गुण १ गतेबाट सञ्चालन गर्ने ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने’ उल्लेख भई आएकाले सो अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनुरोध छ ।’

कोरोना संक्रमण जोखिमका कारण शैक्षिक संस्थाहरुले भर्चुअल पठन पाठन गरेका थिए । तर, विद्यार्थीहरुले भर्चुअल पठन पाठन भए पनि प्रभावकारी नभएको गुनासो गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार