गृहपृष्ठ बुटवल क्षेत्रमै एसइईमा उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्ड माविको दाबी
बुटवल क्षेत्रमै एसइईमा उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्ड माविको दाबी
बुटवल । रुपन्देहीको बुटवलमा रहेको अक्फोर्ड ईङ्ग्लिस मा.वि.ले एसइई २०७८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ । एसइई २०७८ को परिक्षामा कम विद्यार्थी संख्या सम्लग्न गराएको अक्सफोर्डले बुटवल क्षेत्रमै उत्कृष्ट नतिजा निकाल्न सफल भएको दाबी गरेको हो ।
यस बर्षको एसइईमा जिल्लाभरमा ५ जनाले ४ जिपिए ल्याएकोमा त्यसमा अक्सफोर्डका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन । होराईजन मा.वि.का २ र कालिकाका १ जनाले जिल्लामै ४ जिपिए ल्याएका हुन । उक्त विद्यालयबाट सहभागी विद्यार्थीको तुलनामा अक्सफोर्डबाट आधा संख्यामा मात्र विद्यार्थी सहभागी भएको अक्सफोर्डका प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार थोरै विद्यार्थी सहभागी गराएर अक्सफोर्डले यस क्षेत्रमै उत्कृष्ट नतिजा निकाल्न सफल भएको दाबी गर्नुभयो ।
२०७८ को एसइईमा अक्सफोर्डका विद्यार्थीले बी प्लस भन्दा माथिनै नम्बर ल्याएको उहाँले उल्लेख गर्दै त्यसले पनि उत्कृष्ट नतिजा भएको बताउनुभयो । यस बर्षको एसइईमा अक्सफोर्डबाट सहभागी भएका १ सय ११ जना विद्यार्थी मध्ये २ जनाले ४ जिपिए, ९ जनाले ३.६ देखि ३.९ जिपिए, ५१ जनाले ३.२ देखि ३.५५ जिपिए र ४८ जनाले २.८५ देखि ३.१५ सम्म जिपिए ल्याएको प्राचार्य भुसालले जानकारी दिनुभयो । अक्सफोर्डका विद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए फोर ल्याएको विद्यालयले जनाएको छ ।





