२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ माध्यमिक शिक्षा परीक्षा एसईई पुरक परीक्षाको तालिका सार्वजनिक, कति नम्बर आएकाले परीक्षा दिन पाउँछन् ?

माध्यमिक शिक्षा परीक्षा एसईई पुरक परीक्षाको तालिका सार्वजनिक, कति नम्बर आएकाले परीक्षा दिन पाउँछन् ?

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पुरक) परीक्षाको तालिका प्रकाशित भएको छ । परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । परीक्षा भदौको ११ र १२ गतेका लागि तय भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । १२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

थप जानकारीका लागि राष्ट्रिय परीक्षा बोर्डको यो सूचना हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार